धमाधम बिप्लप नेता पार्टी परित्याग गर्दै, पार्टी परित्यागपछि विक छुटे

  • Gulmitimes
  • प्रकाशित मिति : बिहि, माघ २३, २०७६


धमाधम बिप्लप नेता पार्टी परित्याग गर्दै, पार्टी परित्यागपछि विक छुटे

टोपलाल अर्याल, गुल्मी माघ २२।
नेत्र बिक्रम चन्द ‘बिप्लव समुह’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेताहरुले धमाधम पार्टी परित्याग गर्न थालेका छन् । केहि दिन अघि पक्राउ परेको जिल्ला सदस्य गोविन्द विक पार्टी परित्यागसंगै बुधबार रिहा भएका छन् । मुसिकोट नगरपालिका ८ का विक प्रतिबन्धित बिप्लप समुहमा सक्रिय रहेको आरोपमा प्रहरीले माघ १२ गते सदरमुकामबाटै पक्राउ गरेको थियो ।

उनले प्रेस वक्तव्य मार्फत पार्टीको कुनै पनि क्रियाकलापमा सहभागीता नजनाउने र साधारण जीवनयापन गर्ने जनाएपछि जिल्ला प्रशासन कार्यालयले १० दिनपछि रिहा गरेको निमित्त प्रमुख जिल्ला अधिकारी उद्धव पन्थीले बताए । त्यस्तै गत पुस १७ गते मालिका गाउँपालिका १ का ६० बर्षीय दुजमान पुनले पनि जिल्ला प्रशासन कार्यालयमा आएर पार्टी परित्याग गरेका थिए ।

उनले आफु पार्टीको कुनै भुमिकामा सक्रिय नहुने बताउँदै जिल्ला प्रशासनमा आएर पार्टी परित्याग गरेका थिए । प्यूठान जिल्ला माण्डवी गाउँपालिका २ मर्कावाङका ३८ वर्षीय राजेन्द्र बहादुर राउत क्षेत्री पनि साउन १९ गते जिल्ला प्रशासन कार्यालयमा पार्टी परित्याग गरेको पत्र बुझाएपछि रिहा भएका थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले ०७६ असार २५ गते गिरफ्तार गरेको थियो । राउत प्यूठान जिल्ला प्रहरी कार्यालय र अर्घाखाँची हुँदै असार २५ गते गुल्मी आएका थिए । प्यूठान, अर्घाखाँची हुँदै गुल्मीसम्म १ सय १ दिनसम्म हिरासतमा रहेका राउतले पार्टी परित्याग गरेको विज्ञप्ति प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई बुझाएका बुझाएर रिहा भएका थिए ।

विज्ञप्तिमा आफू पूर्व माओवादी लडाकु रहेको र दुई वर्ष पहिले उक्त पार्टीको प्यूठान जिल्लाको जनसरकार प्रमुख भएको उल्लेख थियो । उनले उक्त पार्टीमा संलग्न भई कुनै पनि क्रियाकलापमा नलाग्ने र लागेको ठहर भएमा कानुन अनुसार सजायँ भोग्न मञ्जुर रहेको भनी बिज्ञप्तीमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Gulmi Times | Site By : SobizTrend Technology