नायिका स्वेता खड्काले गरिन् मायज व्युटी पार्लरको उद्घाटन

  • Gulmitimes
  • प्रकाशित मिति : सोम, माघ २०, २०७६


नायिका स्वेता खड्काले गरिन् मायज व्युटी पार्लरको उद्घाटन

काठमाडौँ ।
लोकप्रिय नायिका स्वेता खड्काले कलंकीमा अबस्थित मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको चौंथो शाखा शुभारम्भ गरेकी छिन । सौन्दर्यबिद गिता गिरीले सञ्चालनमा ल्याएको यस पार्लरको चौथो शाखामा नायिका स्वेताले रिबन र केक काटेर शुभाराम्भ गरेकी हुन् ।

बिगत दुई दशक भन्दा बेसी समय देखि सौन्दर्य व्यवसाय गर्दै आएकी गीता गिरिले कलंकीमा नयाँ पार्लर सञ्चालनमा ल्याएकी छन् । गुणस्तर युक्त प्रबिधि, सेवामुलक र सम्पूर्ण सुबिधा सम्पन्न भएको मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरमा जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी द्वारा सेवाग्राहीले सेवा लिन पाउनेछन् ।

यसका साथै यस पार्लरमा अन्तराष्ट्रिय स्तरको हेयर स्टायल ट्रेनिङ्ग, मेकअप ट्रेनिङ्ग, सेल्फ मेकअप, प्रोफेसनल ट्रेनिङ्ग लगायतका ट्रेनिङ्गको ब्यबस्था गरिएको छ । ट्रेनिङ्गमा बिद्यार्थीहरुलाई ५०% सम्म छुट गरिएको छ भने काठमाडौँ बाहिर बाट आउने बिद्यार्थीहरुको लागि होस्टलको समेत ब्यबस्था गरिएको छ ।

मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरले अल नेपाल ब्युटिसियन सेमिनार तथा ट्रेनिङ्गहरु समेत गर्दै आएको जानकारी मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरकि अध्यक्ष गीता गिरिले गराएकी छिन । नायिका खड्काले केक काटेर नयाँ शाखा सफलताको शुभकामना दिएकी छिन् ।

उक्त अबसरमा अतिथिहरुमा संचारकर्मी निर्देशक तथा कलाकार सुर्य चन्द, मोडल समाजसेवी तथा सौन्दर्यकर्मी निकिता पाण्डे लगायतका समाजसेवी, सौन्दर्यकर्मीहरु र संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Gulmi Times | Site By : SobizTrend Technology