मेलामा जारी फूटवलमा एक्सिस र मेघा कलेज विजयी

  • Gulmitimes
  • प्रकाशित मिति : शनि, माघ १८, २०७६


मेलामा जारी फूटवलमा एक्सिस र मेघा कलेज विजयी

यमलाल भुसाल, बुटवल माघ १८।
रुपन्देहीको मणिग्राममा भएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सवमा सञ्चालन गरिएको फूटवल प्रतियोगितामा शनिबारका खेलमा एक्सिस कलेज र वेष्टर्न मेघा कलेज विजयी भएका छन् । एक्सिस कलेज र क्षितिज ईण्टरनेश्नल कलेज ए बीच भएको खेलमा एक्सिसले क्षितिजलाई २ का विरुद्ध ३ गोल गरेर विजयी भएको हो ।

यस्तै वेष्टर्न मेघा कलेज र क्षितिज कलेज बीच भएको दोस्रो खेलमा मेघाले क्ष्तििजलाई १ का विरुद्ध ५ गोल गरेर विजयी भएको हो । जानकीनगर क्लवको व्यबस्थापनमा भएको प्रतियोगिता अन्तरगत भोली आईतबार क्वाटर फाइनलका खेल हुनेछन् ।

भोली वेस्टर्न मेघा कलेज ढवाहा र स्मृति ईङ्गलिस स्कूल, राममणि कलेज र शान्ति नमुना मावि, पामिर एकेडेमी र एक्सिस कलेज, सगरमाथा कलेज देवदह र नेपथ्य कलेजका बीच क्वाटर फाईनल खेल हुने प्रतियोगिताका संयोजक तथा तिलोत्तमा उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य अमनमान श्रेष्ठले जानकारी गराउनु भयो ।

२१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा रुपन्देही जिल्लाका बिद्यालय तथा कलेजगरी २५ टिमको सहभागिता रहेको जानकीनगर क्लवका अध्यक्ष दिनेश गरैले वताउनु भयो ।

प्रतियोगितामा विजयी टिमलाई ३० हजार तथा उपविजेता टिमलाई १५ हजार रुपैंया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव)ले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Gulmi Times | Site By : SobizTrend Technology