अनेरास्ववियूले स्ववियु उम्मेद्वारको टुगों लगायो

  • Gulmitimes
  • प्रकाशित मिति : शनि, माघ १८, २०७६


अनेरास्ववियूले स्ववियु उम्मेद्वारको टुगों लगायो

गुल्मी, माघ १८।
नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) जिल्ला कमिटी गुल्मीले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि उम्मेद्धारको टुगाें लगाएको छ । संगठनको बुधबार बसेको जिल्ला कमिटीको बैठकले आगामी फागुन १४ गते हुन गइरहेको स्ववियु निर्वाचनमा रेसुङ्गा बहुमुखी क्याम्पसको लागि उम्मेद्धारको टुगों लगाएको हो ।

अनेरास्ववियूले संगठनका जिल्ला सचिवालय सदस्य नविन अर्याललाई सभापति, जिल्ला सदस्य एवम् क्याम्पस कमिटी संयोजक हुमाकान्त पोखरेललाई सचिव तथा जिल्ला सचिवालय सदस्य लक्ष्मी अर्याललाई कोषाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । सभापतिका उम्मेदवार अर्याल २०७३ सालमा सम्पन्न स्ववियुको निर्वाचनमा सचिव तथा कोषाध्यक्षका उम्मेदवार लक्ष्मी सदस्यमा मा निर्वाचित भएका थिए ।

उनीहरुले क्याम्पसको पुस्तकालयमा पुस्तकहरुको व्यवस्था, विद्यार्थीहरुको लागि चिसो–तातो पानीको व्यवस्था, क्याम्पसका तलैपिच्छे शौचालय निर्माण, विभिन्न ठाउँमा शैक्षिक भ्रमण लगायतका विद्यार्थीका पक्षमा लोकप्रिय काम गरेकोले उम्मेदवार बनाउने निर्णय गरिएको संगठनका जिल्ला संयोजक राजेन्द्र विक्रम कुँवरले बताए ।

त्यसैगरि क्याम्पसमा परिक्षा गराएर मात्रै शिक्षक नियुक्ति गर्न पाउने व्यवस्था, क्याम्पसमा जुनसुकै समयमा पनि चिसो–तातो पानीको व्यवस्था, न्यायोचित छात्रवृत्ति वितरण लगायतका एजेण्डामा पनि क्याम्पसमा अनेरास्ववियूले जित हाँसिल गरेको संगठनले जनाएको छ ।

रेसुङ्गा बहुमुखी क्याम्पसमा ०७३ सालमा सम्पन्न स्ववियुको निर्वाचनमा साविकको अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को तालमेलबाट श्रीराम महत सभापतिमा निर्वाचित भएका थिए ।

स्ववियुकै पहलमा क्याम्पस आङ्गिक बनाउने प्रक्रिया अगाडी बढेको, प्रत्येक बर्ष १० प्रतिशत बृद्धि हुने शुल्कलाई कटौति गरेको, क्याम्पसलाई क्विउ, ए.ए. सर्टिफाइड बनाउन अग्रणी भुमिका खेलेको जस्ता विद्यार्थीहरुका पक्षमा महत्वपूर्ण कार्यहरु स्व.वि.यु. ले गरेकोले यसपालि पनि अनेरास्ववियूकै जित हुने सभापति महतले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Gulmi Times | Site By : SobizTrend Technology