प्रथम गुल्मी मुसिकोट महोत्सव शुरु

  • Gulmitimes
  • प्रकाशित मिति : बिहि, माघ १६, २०७६


प्रथम गुल्मी मुसिकोट महोत्सव शुरु

टोपलाल अर्याल, गुल्मी माघ १५ ।
प्रथम गुल्मी मुसिकोट पर्यटन, साँस्कृतिक, औद्योगिक तथा व्यापार महोत्सव शुरु भएको छ । महोत्सवको राष्ट्रीय सभा अध्यक्ष गणेश तिमल्सिनाले उद्घाटन गरे । महोत्सवलाई सम्बोधन गर्दै तिमिल्सिनाले कफिनै मुसिकोटको समृद्धिको आधार भएकाले गुम्न थालेको पहिचान स्थापित गर्न आग्रह गरे । उनले कफिको जननी मुसिकोटको आँपचौर भएपनि उत्पादनको हिसाबले अरु जिल्ला अगाडी बढेको बताए ।

अध्यक्ष तिमिल्सिनाले कफिलाई पर्यटन र उद्योगसङ जोडेर विकास गर्नुपर्ने बताए । अब व्यवस्था परिवर्तन गर्नुपर्ने कुनै कारण नभएकाले आर्थिक विकाससगै ‘समृद्ध नेपाल सुखी नेपाली’ निर्माणको अभियानमा एकजुट बन्नुपर्नेमा तिमिल्सिनाले जोड दिए ।

महोत्सव २७ माघसम्म संचालन हुनेछ । महोत्सवमा ७० हजार दर्शकले अवलोकन गर्ने तथा पाँच करोडको कारोवार हुने अपेक्षा आयोजकले गरेको छ । महोत्सवमा ९५ लाख आम्दानी हुने तथा ७० लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । २५ निशुल्क र एकसय २५ वटा व्यावसायिक गरेर एक सय एक सय ५० स्टल राखिएको स्टल व्यवस्थापन उपसमिति संयोजक सुन्दर प्रधानले बताए ।

वाणिज्य संघले आफ्नो स्थापनासंगै व्यवसायिक हकहितको संरक्षण, संवद्र्धन र व्यवसाय प्रवद्र्धन एवं मुसिकोट नगरपालिका भित्रका ऐतिहासिक तथा धार्मिक पर्यटकिय स्थलहरुको प्रचार–प्रसार गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको मुसिकोट उद्योग बाणिज्य सघका अध्यक्ष सुदर्शन शाक्यले जानकारी दिए ।

त्यस्तै विशेषगरी मुसिकोट नगरपालिकाको पहिचान कफि, नेवार समुदायको पहिचान झिनिया रोटी, विभिन्न जातीय भेषभुषा, कला र संस्कृतिको संरक्षण गर्न, पुराना र महत्वपूर्ण वस्तुहरुको संरक्षण गर्नको लागि यो महोत्सवले फाइदा पुराउने अपेक्षा गरिएको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए ।

यो महोत्सवले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन महत्वपूर्ण सहयोग पुराउने छ । ‘गुल्मी मुसिकोटको समृद्धिको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मुख्य नारा लिएको मुसिकोट नगरपालिकाको विकासमा महोत्सवले थप टेवा पुराउने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Gulmi Times | Site By : SobizTrend Technology