इस्माको शैक्षिक विकासमा इस्माली समाज काठमाडौ

  • Gulmitimes
  • प्रकाशित मिति : मङ्ल, माघ १४, २०७६


इस्माको शैक्षिक विकासमा इस्माली समाज काठमाडौ

टोपलाल अर्याल, गुल्मी माघ १४ ।
इस्माली समाज काठमाण्डौको आयोजनामा हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । इस्मा गाउँपालिका ३ को ठाढुङा माबिमा गाउँपालिका भित्रका माविबीच हाजिर जवाफ प्रतियोगीता सम्पन्न भएको हो । प्रतियोगितामा अम्मरपुर ओम प्रसाद गौतम मावि अमरपुर प्रथम, रामराज्य मावि दोहली द्वतिय र पालुखा माबी हस्तिचौर तृतीय भएको इस्मा गाउँपालिका शिक्षा शाखा प्रमुख लाल बहादुर कुवरले बताए । इस्मा गाउँपालिकाका सात वटा माविबिच प्रतिस्प्रर्धा भएको थियो ।

समाजको तर्फबाट प्रथम, द्वितीय र तृतीय हुने बिद्यालयले क्रमशः नगद पाँच हजार, तीन हजार, दुई हजार प्रमाणपत्र र रनिङशिल प्राप्त गरेको कुवरले बताए । सहभागी बिद्यालयहरुलाई सहभागीताको प्रमाण पत्र प्रदान गरिएको थियो । बिजयी बिद्यालयका बिद्यार्थीहरुलाई प्रमुख अतिथी गाउँपालिका उपप्रमुख बिमला खत्री र समाजका अध्यक्ष दामोदर भण्डारीले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रम समाजका अध्यक्ष भण्डारीको अध्यक्षता, गाउँपालिका प्रमुख लक्ष्मण बिष्टको प्रमुख आतिथ्यता र समाजका कोषाध्यक्ष शिवलाल खड्काको संचालनमा सम्पन्न भएको थियो । प्रतियोगितामा सबै बिद्यालयक प्रध्यानाध्यापक र प्रतिनिधि, जनप्रतिनिधि, दलका प्रमुख एव सरोकारवालाको उपस्थिति रहेको थियो ।

तीन अक्षयकोष : इस्माको शैक्षिक विकासमा

इस्माली समाज काठमाडौ मार्फत परिचालन हुने गरेर तीन अक्षयकोष स्थापना भएका छन । कोष मार्फत इस्मा गाउँपालिकाका बिद्यालयमा शैक्षिक क्रियाकलाप संचालन तथा छात्रवृत्ति बितरण गरिदै आएको छ । सबैभन्दा पुरानो प्रेमनाथ अर्याल स्मृति कोषबाट इस्मा गाउँपालिकामा एसइइ परिक्षामा सर्वोउत्कृष्ट अङ ल्याउने विद्यार्थीलाई सम्मान गर्दै आएको इस्माली समाज काठमाडौका कोषाध्यक्ष शिवलाल खड्काले बताए ।

यो कोषको राशी एक लाख ५० हजार रहेको छ । इस्मा गाउँपालिका ३ दर्लामचौर सिम्पानी निवासी स्वर्गीय प्रेमनाथ अर्यालको सम्झनामा परिवारले यो कोष स्थापना गरेका हुन । त्यस्तै पाँच लाख, ५५ हजार पाँच सय ५५ रुपैयाँको विकास अर्याल स्मृति अक्षय कोष स्थापना गरिएको छ । यो कोषबाट इस्मा गाउँपालिकाका १६ निमाविमा कक्षा ८ को परिक्षामा सर्बोउत्कृष्ट छात्र वा छात्रालाई सम्मान गरिने छ ।

यो कोष मार्फत स्वर्गीय विकास अर्यालको सम्झनामा ४३ वटा बिद्यालयलाई घडी पनि वितरण गरिएको समाजका अध्यक्ष दामोदर भण्डारीले बताए । इस्मा गाउँपालिका ३ दर्लामचौर रिठावट निवासी स्वर्गीय विकास अर्यालको दुर्घटना परेर निधन भएको थियो । उनकै सम्झनामा परिवाले अक्षयकोष स्थापना गरेका छन ।

त्यस्तै एक लाख एक हजार रुपैयाँको अमृता भण्डारी स्मृति कोष पनि स्थापना गरिएको छ । यो कोषबाट इस्मा गाउँपालिका माबिबीच हाजिर जवाफ प्रतियोगीता संचालन गरिएको छ ।

यो प्रतिस्पर्धामा टोलि नेता छात्रा अनिवार्य गरिएको समाजले अध्यक्ष भण्डारीले बताए। स्वर्गीय अमृता भण्डारीको सम्झनामा श्रीमान इस्मा गाउँपालिका ४ दोहाली खुग निवासी बसन्त भण्डारीले अक्षयकोष स्थापना गरेका हुन । हाजिर जवाफकै अवसरमा सात वटै माबीलाई बृहत सामान्य ज्ञान प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Gulmi Times | Site By : SobizTrend Technology