गुल्मेलीको वनभोजमा बम बहादुर कार्की सहित ३ कलाकार कतार आउने

  • Gulmitimes
  • प्रकाशित मिति : सोम, माघ १३, २०७६


गुल्मेलीको वनभोजमा बम बहादुर कार्की सहित ३ कलाकार कतार आउने

गुल्मी टाईम्स, कतार माघ १३ ।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नाराका साथ कतारमा सक्रिय रुपमा अगाडी बढिरहेको गुल्मी सेवा समाजले बिगतका वर्षहरुमा आयोजना गर्दै आएको बनभोज तथा साँस्कृतिक कार्यक्रमलाई निरन्तरता दिदै यसवर्ष पनि आगामी फेब्रुअरी २८ तारिखका दिन आयोजना गर्ने भएको छ।

कार्यक्रममा नेपालबाट वरिष्ठ लोक तथा दोहोरी गायक बम बहादुर कार्की, लोक तथा दोहोरी गायक दिपक परियार र लोक तथा दोहोरी गायिका सरिता कार्की कतार आउने भएका छन । साथै कतारमा रहेका गुल्मेली तथा अन्य कलाकारहरुको समेत प्रस्तुती रहने भएको छ ।

कतारमा रहेका नेपालीहरु एवम विशेष गरी गुल्मेलीहरुलाई उक्त कार्यक्रममा उपस्थित गराउने, कतारमा रहेका नेपालीहरु बिच भेटघाट तथा प्रदेशमा रहेपनि स्वदेशी परीकारहरुको खानपान साथै विविध साँस्कृतिक प्रस्तुतिहरुले स्वच्छ मनोरञ्जन दिने कार्यक्रमको लक्ष्य रहेको कार्यक्रम संयोजक कुमार अविरल पन्थीले जानकारी दिनुभयो ।

गुल्मी सेवा समाज कतारले प्रवासमा रहेका नेपालीहरुलाई स्वदेशको झल्को मेटाउने एउटा छुट्टै किसिमको कार्यक्रमको आयोजना गरेको उल्लेख गरिएको छ । बिगतका वर्षहरुमा जस्तै यस वर्षपनि उक्त कार्यक्रमले निरन्तरता पाएको हो । कतारमा रहनु भएका गुल्मेली एवम गैर गुल्मेलीहरुले उक्त कार्यक्रममा सहभागी हुन् पाउने छन ।

कार्यक्रम स्थलमा जान आउनको लागि विभिन्न ठाउबाट यातायातको समेत व्यवस्था गरीएको छ । सनैया ग्राण्डमल, अलअत्तिया, दोहा तलवार गेट र मुन्ताजा पार्कबाट बिहान ९ बजे एकैसाथ गाडी छुट्ने भएका छन् । कतारको साहनिया स्थित अलदोसरी जु पार्कमा आयोजना गरीएको कार्यक्रम स्थानीय समय अनुसार बिहान ११ बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Gulmi Times | Site By : SobizTrend Technology